बलिउडका अभिनेता अमिताभ बच्चनले सोमवार अभिनेत्री रश्मिका मन्दानाको एउटा डिपफेक भिडियो माइक्रोब्लगिङ प्लेटफर्म एक्समा शेयर गर्दै यसप्रति चिन्ता र डर जाहेर गरेका छन् । यसपछि बलिउडका कलाकारका अलावा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूबीच चर्चा चलेको छ ।
रश्मिकाले यस भिडियोलाई खतरनाक भन्दै आफू निकै डराएको बताइन् । एक्समा अभिषेक नामक एकजना प्रयोगकर्ताले रश्मिका मन्दानाको भिडियो शेयर गर्दै लेखेका छन्– यो अभिनेत्रीको भिडियो होइन । यसलाई डिपफेक टेक्नोलोजीको मदतबाट तयार गरिएको हो । यसको सक्कली भिडियो ब्रिटिश–इन्डियन युवती जारा पटेलको हो, उनले ९ अक्टुबरका दिन आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी थिइन् । यो भिडियोमा डिपफेक टेक्नोलोजीको माध्यमबाट रश्मिकाको अनुहार लगाइएको छ ।
अभिनेता बच्चनले असली भिडियो रिशेयर गरेका छन् । डिपफेक टेक्नोलोजीप्रति अब प्रश्न उठ्दै छ । रश्मिकाले पोस्ट लेख्दै भनेकी छन्– प्रविधिको गलत प्रयोग भइरहेकोमा मलाई हैरानी मात्र भएको छैन, डराएकी पनि छु । यस्तो काम कसैसँग हुन सक्छ ।
के हो डिपफेक टेक्नोलोजीः मेशीन लर्निङ वा डिप लर्निङसँग यो टेक्नोलोजी जोडिएको हुन्छ । यसमा थुप्रै तथ्याङ्क प्रयोग गर्दै कुनै भिडियोको अनुहार बदलिन सकिन्छ । यसको प्रयोग आर्टिफिशियल इन्टेलिजेन्सको कारण झनै सजिलो भएको छ । उदाहरणको लागि कुनै प्रयोगकर्ताको अनुहारको केही फोटो अपलोड गरेपछि उसको अनुहारलाई कुनै भिडियोमा फिट गर्न सकिन्छ । स्क्यामर्स यस्ता फेक भिडियोको प्रयोग गरेर ब्ल्याकमेल गर्छन् ।
डिपफेक टेक्नोलोजीमा कुनै मान्छेले फ्रेम बाइ फ्रेम एडिटिङ गर्दैन, यसैले यो भिडियो एकदमै सक्कलीजस्तो देखिन्छ । डिपफेक टेक्नोलोजीको मदतबाट केही मिनेटमैं कसैको फेक भिडियो बनाउन सकिन्छ । केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले सरकार आफ्नो नागरिकको सुरक्ष्Fाको लागि प्रतिबद्ध रहेको बताए । उनले फर्जी जानकारी वा भिडियो पैmलाउने व्यक्तिविरुद्ध कडा कारबाई गर्ने बताए । उनले स्पष्ट पार्दै भने कि आइटी नियम, २०२३ अन्तर्गत सोशल मिडिया प्लेटफर्मले ३६ घण्टाभित्र यस्तो फेक इन्फर्मेशन हटाउनुपर्छ र यस्तो नगरेको अवस्थामा उसले कानूनप्रति जवाफदेह बन्नुपर्छ ।