९६ वर्ष पहिले अमेरिकाले एउटा इतिहास रच्यो, जुन आज संसारभरिका सिनेमाको आधार बनेको छ । ६ अक्टुबर १९२७ का दिन युनाइटेड स्टेट्स अफ अमेरिकाको न्युयोर्क शहरमा संसारकै पहिलो आवाज भएको चलचित्र ‘दी जैज सिङ्गर’ प्रदर्शनमा आएको थियो । यसभन्दा पहिले जति पनि चलचित्र थिए, त्यसमा आवाज हुँदैनथ्यो ।

दी जैज सिङ्गर पहिलो चलचित्र थियो, जसमा कथा थियो, सङ्गीत थियो र कलाकारहरूको संवाद पनि थियो । यी सबैको आपसमा तारतम्य पनि बनेको थियो । चलचित्रको कथा सैमसन राफेल्सनको सन् १९२२ मा आएको लघुकथाबाट प्रेरित थियो ।

पाँच लाख डलर खर्चः चलचित्रको कथा सैमसन राफेल्सनको सन् १९२२ मा आएको लघुकथासँग प्रेरित छ । यसको निर्माण वार्नर ब्रदर्सले गरेका थिए । मुख्य भूमिकामा अल जोलसन थिए । चलचित्र एक घण्टा २९ मिनेटको थियो । चलचित्रको निर्माण हुँदा त्यति बेला पाँच लाख डलर खर्च भएको थियो र यसको कमाइले सबै रेकर्ड तोड्दै करीब आठ गुना कारोबार गरेको थियो ।

चलचित्रको प्रिमियरमा निर्माता वार्नर ब्रदर्स तालीको गडगडाहट सुन्न पुगेका थिएनन् । चलचित्रको जब शुटिङ भइरहेको थियो, त्यति बेला वार्नर ब्रदर्सलाई निमोनिया भएको थियो । त्यसपछि वार्नर ब्रदर्सका सैम वार्नरलाई मस्तिष्कमा सङ्क्रमण भयो र प्रिमियरको ठीक एक दिन पहिले सैम वार्नरको निधन भयो । यस प्रकार परिवारका कुनै सदस्य यस ऐतिहासिक क्षणको साक्षी बन्न सकेन । यसभन्दा पहिले संसारमा बोलिरहेको चलचित्र कसैले देखेका थिएनन् । पहिलेका चलचित्रमा सङ्गीत र संवाद केही हुन्थेन । आज हलिउड चलचित्रको प्रभाव संसारभरि छ । किनभने हलिउडले जुन प्रविधिको प्रयोग गरेको छ, त्यसको प्रयोग संसारभरिका चलचित्र निर्माताले गर्दै आइरहेका छन् । 

दी जैज सिङ्गर म्युजिकल ड्रामा फिल्म थियो । यसको निर्देशन एलन क्रसल्यान्डले गरेका थिए । चलचित्र निर्माताका अनुसार चलचित्र सफल नभए पनि यसबाट धेरै कुरा सिक्न सकिने बताएका थिए । तर चलचित्र निकै सफल रह्यो ।

फिल्मको कथा एकजना यहुदी युवाको वरिपरि घुमेको छ । युवक आफ्नो पिताको इच्छाविरुद्ध ‘एन्टरटेनर’ बन्न घरबाट भाग्छन् । त्यसपछि जैज गायकको रूपमा चर्चित हुन्छन् । यो कथा आजको साधारण हिन्दी चलचित्रजस्तो लाग्छ तर यस पहिलो फिचर चलचित्रले सिनेमाको दुनियाँमा जुन योगदान दियो, त्यो अनौठो छ । करीब ३० वर्षसम्म चलेको मेहनतको फल थियो कि यस फिल्मको स्वरूप, सङ्गीत, संवाद र अनुभूति सबै एकसाथै चलिरहेको थियो ।

सन् १८९६ मा आवाज, सङ्गीतलाई एकैसाथ प्रोड्युस गर्नको लागि दर्जनौं उपकरण आए, तर सबै फेल भए । बिस्तारैबिस्तारै प्रयोग भइरहेको र सफलता हासिल भयो । दी जैज सिङ्गरले पहिलो आवाज भएको चलचित्रको दर्जा पायो । यस पूरै चलचित्रमा केवल दुई मिनेटको संवाद थियो । यो त्यस जमानाको हिट चलचित्र थियो र थुप्रै पुरस्कार पनि जितेको थियो ।

यसै चलचित्रले कैयौं पुराना कलाकारको करियर पनि अन्त्य गरिदियो किनभने उनीहरू सिनियर थिए तर सिनेमाको बदलिंदो स्वरूपलाई स्वीकारेका थिएनन् । नयाँ पीढीले सिनेमालाई टेक ओभर गरेको थियो र आजको चलचित्रमा जबरजस्त प्रयोग भइरहेको छ ।

यस चलचित्रका मुख्य अभिनेता जोलसन कालो अनुहारमा देखिन्छन् । यसको माध्यमबाट उनले अमेरिकी–अफ्रिकी व्यक्ति र संस्कृतिलाई प्रदर्शन गरेका छन् । यही कालो अनुहारले त्यस चलचित्रलाई विशेष बनायो । मानिस भावनात्मकरूपले जोडिए । यो रङ्गभेदको एउटा उत्कृष्ट नमूना पनि थियो । सन् १९८० मा यही चलचित्र पुनः बनेर अगाडि आयो । यसमा मुख्य भूमिकामा नील डायमन्ड थिए । त्यस समय वार्नर ब्रदर्सले तय गरेका थिए कि जब पनि कुनै नयाँ सिनेमा हल शुरू हुन्छ भने पहिलो शो दी जैज सिङ्गरको नै लाग्छ । यो लगभग त्यस्तै हो, जस्तै ‘मेरा नाम जोकर’मा भारतीय अभिनेता जोकरको भूमिका देखिन्छन् ।

जैज एक सङ्गीतशैली हो, जुन आज पनि अमेरिकासमेत दुनियाँका अन्य भागमा निकै लोकप्रिय छ । यसको सुरुआत १९औं सदीको अन्त्यमा अमेरिकामा भएको थियो । त्यस्तै, भारतमा पहिलो आवाज भएको चलचित्र ‘आलम आरा’ थियो, जुन १४ मार्च १९३१ मा दर्शकको सामुन्ने आएको थियो । अर्देशिर इरानी यस चलचित्रका निर्देशक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here