नितेश कर्ण, वीरगंज, २१ कात्तिक/

वीरगंज बजारमा किनमेल गर्न आउनेहरूको कमी भएपछि रिक्शाचालकहरू मर्कामा परेका छन् । आर्थिक मन्दीका कारण वीरगंज बजार मा बिक्री एकदमै कम भएको छ ।

रिक्शाचालकका अनुसार दशैंमा केही कमाइ भएपनि अहिले यात्री नहुँदा निकै मारमा परेको बताएका छन् ।

वीरगंजमा अटोरिक्शा, ईरिक्शाका कारण पाइडलबाट चल्ने रिक्शामा यात्रीहरू बिरलै बस्ने गर्छन् । अहिले रिक्शाचालकहरूले यात्रीभन्दा मालसामान बढी ओसारपसार गर्दै आएका छन्, जसले गर्दा उनीहरूको गुजारा चल्ने गरेको छ ।

बाहिरबाट आउने यात्रीहरू पनि अटोरिक्शामा चढेर रक्सौल बजार किनमेल गर्न जाने गर्दा परम्परागत रिक्शाचालकहरू मर्कामा परेका हुन् ।

नेपाली ग्राहकका कारण रक्सौल बजार भरिभराउ छ भने वीरगंज सुनसान भएकैले रिक्शाचालकहरू यात्री पाउन सकेका छैनन् । चाडपर्वको लागि किनमेल गर्न अधिकांश नेपाली रक्सौल जाने गर्छन् ।

पथलैया, अमलेखगंज, हेटौंडा, निजगढलगायत ठाउँबाट आएका व्यक्तिहरू कपडा, किराना सामान किनमेल गर्न रक्सौल पुग्ने गरेका छन् । रक्सौल जाँदा पनि यात्रीहरू परम्परागत रिक्शामा नबसी अटोरिक्शा, ईरिक्शामा जाने गरेका छन्, जसले गर्दा रिक्शालचाकहरू निकै मर्कामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here