प्रस, ठोरी, २० कात्तिक/

यस वर्षदेखि फूलखेती गरेका ठोरी गाउँपालिकाका किसानहरूले बजार नपाएको गुनासो गरेका छन् ।

ठोरी गापा–३ बुद्धनगरमा यसपालि परीक्षण गर्न भनी सातजना किसान मिली दुई बिघाभन्दा बढी मलिलो जमीनमा सयपत्री फूलखेती गरेका थिए तर फूल तयारी भए तापनि बजार नपाउँदा आफूहरू मर्कामा परेको अरुण अधिकारीले बताए ।

उनले फूलहरू फुलेर लटरम्मै भइसकेकाले अब बिग्रन सक्ने बताए । जुन अपेक्षाका साथ फूल रोपेका थियौं, त्योभन्दा पनि राम्रो सफलता पायौं तर बजार पाएनौं उनले भने ।

साउनमा रोपेको फूल असोजदेखि नै फुल्न थाल्यो तर सम्बन्धित निकायले चासो नदिएकाले किसान मर्कामा परेको अर्का फूलखेती गरेका हरि दर्जीको गुनासो छ । गाउँँमा शीतभण्डारको व्यवस्था हुन नसक्दा नगदेबाली उत्पादनमा किसानहरू पछि हट्नुपर्ने अवस्था आएको बताए ।

उनले गाउँमा शीतभण्डारको व्यवस्था सम्बन्धित निकायले गरेको खण्डमा फूल र आलु खेती गर्ने किसानलाई राहत पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here