प्रस, वीरगंज, २० कात्तिक/

भेट्रान्स सिटी क्लब, वीरगंजको आयोजनामा शनिवारदेखि वीरगंजको आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको प्रथम वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार तेस्रFे खेल सम्पन्न भएको छ ।

आजको खेलमा नेपाल पुलिस क्लबले भारतको क्लाइभ हाउस दमदम कोलकातालाई एक गोलका विरुद्ध सात गोलअन्तरले पराजित गर्यो ।

नेपाल पुलिसको तर्फबाट प्रताप गुरुङ एक्लैले पाँच गोल गरे भने दिवेश सन्तोष र प्रवीण थापाले एक/गोल गरे । गुरुङले मध्यान्तरपूर्वको २३, ३१, ३३औं मिनेटमा तीन गोल गरेर ह्याटिङ गरेका थिए ।

मध्यान्तरअगाडि नै ३५औं मिनेटमा दिवेश सन्तोष र ४५औं मिनेटमा प्रवीण थापाले एक/एक गोल गरेका थिए । मध्यान्तरपछिको १६ र १७ औं मिनेटमा गुरुङले दुई गोल गरेका थिए ।

कोलकाताको तर्फबाट अमन पुरीले पेनाल्टी गोल गरे । आजको खेलको ‘म्यान अफ दी म्याच’ प्रताप गुरुङ घोषित भए । उनलाई रु १० हजार नगदबाट पुरस्कृत गरिएको थियो । भोलि झापा एफसी र त्रिभुवन आर्मी क्लब, काठमाडौंबीच हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here