प्रस, सेढवा, १९ कात्तिक/
न्यू एभरेस्ट क्लब, परसवा, जीराभवानी गाउँपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकप–२०८० को आइतवार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न भएको छ ।
दोस्रो क्वार्टरफाइनलमा त्रिशूल युवा क्लब बकुलिया बाराले मनहर्वा बारालाई टाइब्रेकरमा पराजित गरी सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टीमले एक/एक गोलको बराबरी गरेपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो ।
टाइब्रेकरमा बकुलियाले मनहर्वाको दुई गोल हुन नदिएपछि जीत सुनिश्चित भएको हो । बकुलियाका गोलकीपर तबरेज मियाँले दुईवटा गोल बचाएकाले उनी आजको खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलि तेस्रो क्वार्टरफाइनल खेलमा पटेर्वासुगौली देकुली र निचुटा भिड्ने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए ।