प्रस, वीरगंज, १८ कात्तिक/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको हात भाँच्चिएर घाइते भएका छन् ।
शनिवार बिहान प्रदेश प्रहरी एकाइ कार्यालय वीरगंजको मैदानमा मैत्रीपूर्ण खेल आयोजना भएको र नगरप्रमुख सिंहले ब्याटिङ गरेर रन लिने क्रममा दौड्दा चिप्लेर घाइते भएका थिए ।
उनको दाहिने हात भाँच्चिएको चिकित्सकले बताएका छन् ।
मधुमेह र उक्त रक्तचापका कारण वीरगंजमा उनको हातको शल्यक्रिया हुन नसकेको र उपचारको लागि शनिवार दिउँसो नगरप्रमुख सिंह काठमाडौं गए ।