प्रस, वीरगंज, १८ कात्तिक/

२९औं अन्तर्राष्ट्रिय कन्डम दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी, पर्साको आयोजनामा विविध कार्यक्रम गर्दै कन्डम दिवस मनाइएको हो । बिहान ८ बजे वीरगंजको घण्टाघरबाट निस्केको प्रभात ¥याली आदर्शनगर हुँदै कैलाश चौक, घडीअर्वा हुँदै घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

नेरेसो, पर्साका कार्यवाहक प्रमुख अधिकृत वीर शमशेर कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सामा सञ्चालित १८ वटा सङ्घसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा दोहरो सुरक्षाको लागि कन्डमको प्रयोग आवश्यक भएकोबारे वक्ताहरूले जोड दिएका थिए ।  कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले ‘कन्डम लगाऔं, एचआइभी एड्स भगाऔं’बारे आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एनजिओसिसी पर्सा, आस्था नेपाल, मेरी स्टोप्स, हेल्पिङ होम्स, वीरगंज महानगरपालिका स्वास्थ्य कार्यालय, सानो पाइला, विजाम, नीलहीरा समाज (ब्लू डाइमन्ड सोसाइटी)लगायत सङ्घसंस्थाहरूको सहभागिता थियो ।

समाजमा जनचेतना र यौन शिक्षाको अभावमा एचआइभी एड्स सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको भन्दै आआफ्नो स्तरबाट सङ्घसंस्थाहरूले एचआइभी एड्स न्यूनीकरण गर्ने विषयमा सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here