प्रस, सेढवा, १८ कात्तिक/

न्यू एभरेस्ट क्लब, परसवा जीराभवानी गाउँपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकप–२०८० आजदेखि शुरू भएको क्वार्टरफाइनल खेलमा युवा प्रगतिशील समाज सेढवाले आयोजक न्यू एभरेस्ट क्लब, जीराभवानीलाई एकका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

शनिवारदेखि शुरू भएको क्वार्टरफाइनल खेलमा युवा प्रगतिशील समाज सेढवाका ओसकरले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । त्यसपछि सेढवाकै ग्यालोरीले अर्काे गोल थपे । आयोजक न्यू एभरेस्ट क्लब, परसवाका अविनाश स्याङ्तानले एक गोल फर्काएका मात्र के थिए खेल सकिन दुई मिनेट बाँकीमा सेढवाका फोड फोफोनाले थप अर्काे गोल गरेर जीत सुनिश्चित पारे ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ भने आयोजक न्यू एभरेस्ट क्लब परसवाका अविनाश स्याङ्तान घोषित भए । उनलाई जीराभवानी गापाका पूर्वअध्यक्ष रामप्रीत महतोले पुरस्कृत गरेका थिए ।

भोलिको दोस्रो क्वार्टरफाइनल खेल मनहर्वा बारा र बकुलिया बाराबीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here