प्रस, पोखरिया, १७ कात्तिक/

विन्ध्यवासिनी गाउँपालिका कार्यालयको कामकाज कात्तिक १९ गते आइतवारदेखि सुचारु हुने भएको छ ।

गापा अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा शुक्रवार आन्दोलनरत कर्मचारी, शिक्षक महासङ्घका प्रतिनिधि, प्रधानाध्यापक, वडाध्यक्षहरू सम्मिलित बैठकमा अबदेखि घटित घटना नदोहो¥याउने विषयमा दोषी वडाध्यक्षहरूले प्रतिबद्धता जनाएपछि कात्तिक १९ गते आइतवारदेखि गाउँपालिका कार्यालय र वडा कार्यालयको काम सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत राकेशकुमार ओझाले बताए ।

विन्ध्यवासिनी गाउँपालिका कार्यालय र वडा कार्यालय असोज ३० गतेदेखि ठप्प थियो ।

वडाध्यक्ष्Fद्वय अच्छेलाल महतो र जयप्रकाश चौरसियाले शिक्षा संयोजक कपिल लामिछाने र प्रअहरूमाथि एउटा कार्यक्रममा दुव्र्यवहार गरेको विषयलाई लिएर गापाका सम्पूर्ण कर्मचारी आन्दोलित थिए । उनीहरूले वडा र गाउँपालिकाको कामकाज ठप्प गरी आजसम्म आन्दोलन गरेका थिए ।

उनीहरूको आन्दोलनमा गापामा रहेका १६ वटा सामुदायिक विद्यालयका प्रअहरूले ऐक्यबद्धता जनाएपछि दशैंपछि गापाध्यक्षको आग्रहमा कात्तिक १२ गतेदेखि विद्यालय सुचारु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here