प्रस, वीरगंज, १७ कात्तिक/

सूर्य नेपाल प्रालि, सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–३ वडा कार्यालयलाई तीन हजार फलफूलको बिरुवा हस्तान्तरण गरेको छ ।

शुक्रवार कार्यक्रमको आयोजना गरी सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले वडाध्यक्ष्F ताराबहादुर कार्कीलाई साढे नौ लाख मूल्य बराबरको तीन हजार फलफूलका बिरुवा हस्तान्तरण गरेका थिए । उनले जीतपुरसिमरा उपमहानगरपालिकालाई हरित बनाउने अभियानमा वडा कार्यालयलाई फलफूलको बिरुवा हस्तान्तरण गरिएको बताए । उनले फलफूलको बिरुवाबाट अनेक फाइदा हुने बताउँदै यसबाट कार्बन न्यूनीकरण हुने बताए ।

वडाध्यक्ष कार्कीले सूर्य नेपालको सहयोगप्रति आभार व्यक्त गर्दै बिरुवा हुर्काउने कार्यमा उत्कृष्ट हुने वडालाई पुरस्कृत गर्ने घोषणा गरे । उनले वडासदस्यहरूलाई बिरुवा हेरचाह भए नभएको बारे अनुगमन गर्न अनुरोध गरे ।

सूर्य नेपालले लिची, आम्रपाली, महाराणा, आम, कटहरका बिरुवा हस्तान्तरण गरेको सूर्य नेपालका यज्ञबहादुर आलेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here