प्रस, सेढवा, १७ कात्तिक/

जगरनाथपुर गाउँपालिकामा शुक्रवारदेखि दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरेका थिए । मधुवाहा क्रिकेट मैदानमा शुरू भएको खेलमा जगरनाथपुर गापाका टीमहरू सहभागिता छन् । गापाध्यक्ष श्रीकान्त यादवको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वक्ताहरूले प्रतियोगिताबाट स्थानीय खेलाडी उत्पादन हुने बताए । उद्घाटन खेलमा वडा नं ४ र ५ बीच बराबरी भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here