प्रस, सेढवा, १७ कात्तिक/

न्यू एभरेस्ट क्लब, जीराभवानी गाउँपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकप–२०८० को लिग चरणको अन्तिम खेलमा भारतको जयहिन्द एभरेस्ट क्लब, इनर्वा विजयी भएको छ ।

 ‘डी’ समूह अन्तर्गत इनर्वाले त्रिशूल क्लब, बकुलियालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरी क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

बकुलिया पराजित भएर समूह चरणको उपविजेता बनेको छ । इनर्वाका लागि लियो र फिलिप्सले समान एक/एक गोल गरेका थिए । आजको खेलमा इनर्वाका न्यूटन ‘म्यान अफ दी म्याच’ घोषित भए ।

 ‘डी’ समूहको इनर्वा समूह ‘सी’को उपविजेता पकडी टोलसँग क्वार्टरफाइनल खेल्ने तालिका बनेको छ भने उपविजेता बकुलिया समूह ‘सी’को विजेता मनहर्वा बारासँग क्वार्टरफाइनलमा भिड्नेछ । भोलि शनिवारदेखि क्वार्टरफाइनलका खेल हुने आयोजक कमिटीले जनाएको छ । भोलिको पहिलो क्वार्टरफाइनल खेल ‘ए’ समूहको सेढवा र ‘बी’ समूहको आयोजक न्यू एभरेस्ट क्लब, परसवाबीच हुनेछ ।

लिग चरणमा ‘ए’ समूहबाट सेढवा र पटेर्वासुगौली, ‘बी’ समूहबाट परसवा र निचुटा, ‘सी’ समूहबाट पकडीटोल र मनहर्वा तथा ‘डी’ समूहबाट भारतको इनर्वा र बाराको बकुलिया क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । चारवटा समूहबाट १२ वटा टीम सहभागी भएकामा चारवटा टीम लिग चरणबाट बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here