प्रस, पोखरिया, १६ कात्तिक/

पोखरिया नगरपालिका कार्यालय रहेको वडा नं ४ बजार क्षेत्रमा अव्यवस्थित तरीकाले तारहरू पोलहरूमा छन् । करीब एक दशकदेखि नेपाल टेलिकम, विभिन्न इन्टरनेट सेवाप्रदायक र डिसका तारहरू पोलहरूमा अव्यवस्थित राखिएका र त्यसलाई व्यवस्थित नगर्दा अहिले बजार क्षेत्रका घर तथा पसलहरूले समस्या भोग्नुपरेको छ ।

शुरूमा पोलमा झुन्ड्याइएका तार पछि सडक विस्तार भएसँगै पोल लम्बाइ  घटेर तार मानिसहरूको घर, पसलहरूमा झुन्डिएको हो । अहिले तारको कारण घरमा प्रवेश गर्न तथा पसलहरूमा ग्राहक जानको लागि समस्या भएको छ । तार उचालेर घर प्रवेश तथा बजारमा खरीद गर्नुपर्ने अवस्था विद्यमान छ । यसलाई व्यवस्थित गर्नेतर्फ सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

दूरसञ्चारका स्थानीय कर्मचारीले क्षेत्रीय कार्यालय वा केन्द्रीय कार्यालयको आदेशमा मात्र अपग्रेडिङ गर्न सकिने बताएका छन् । वीरगंजमा अव्यवस्थित तारलाई व्यवस्थित गर्नेतर्फ महानगर र स्थानीय सामुदायिक सेवा केन्द्रहरू तथा इन्टरनेट सेवाप्रदायक, दूरसञ्चार र विद्युत् प्रFधिकरणको सहकार्यमा काम भइरहेको छ । विभिन्न चरणमा ठूलो परिमाणमा अव्यवस्थित तार व्यवस्थित गर्ने काम भएपनि अव्यवस्थित तारकै कारण बेलाबखत आगलागीका घटना पनि हुने गरेका छन् । पोखरियामा अहिलेसम्म यस्तो घटना भएको छैन तर घरेलु तथा पसलेहरूले समस्या भोग्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here