प्रस, निजगढ, १३ कात्तिक/
बाराको सदरमुकाम कलैयामा सोमवार दिउँसो १ बजे गोली प्रहारबाट गम्भीर घाइते भएका बोर्डिङ स्कूलका सञ्चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चालक गुड्डु भनिने सोही वडा घर भएका अन्दाजी ३५ वर्षीय रूपेश सर्राफ रहेको बारा प्रहरीले जनाएको छ । कलैयास्थित एक मिठाइ पसलबाट मिठाइ किनी आफ्नो ना.५३प ९१२८ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहमा आएका अज्ञात व्यक्तिले सर्राफको टाउको, छाती र घाँटीमा गोली प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते सर्राफलाई तत्कालै उपचारका लागि कलैया प्रादेशिक अस्पतालमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि वीरगंजस्थित मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा दिउँसो करीब ३ः१५ बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
गोली हान्ने व्यक्तिहरू पूर्वतिर भागेका स्थानीयले बताएका छन् । मदर्साटोलमा रहेको सो विद्यालयसँगैको सडकमा पाँच राउन्ड गोली चलाउँदा सर्राफको शरीरमा तीनवटा गोली लागेको र सबै गोली शरीरभित्रै थिए । अत्यधिक रक्तस्रावको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको बाराका प्रजिअ नवराज सापकोटाले बताए । उनले हत्या गर्ने सार्पशूटर रहेका सञ्चारकर्मीलाई जानकारी गराएका थिए । अहिले सीमा क्ष्Fेत्र सिल गरी उनीहरूको खोजी भइरहेको र कलैया उपमनपाभित्र शङ्कास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।
मृतक सर्राफ सरल स्वभाव र कसैसँग झैंझगडा गर्ने व्यक्ति नरहेकाले उनको हत्याबारे अस्पतालमा पुगेका छिमेकीहरूले आश्चर्य प्रकट गरेका थिए । शल्यपरीक्षणको लागि मृतक सर्राफको शव नारायणी अस्पताल, वीरगंज लगिएको छ ।
समाचार स्रोत अनुसार सोही विद्यालयकी शिक्षिकासहित थप एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । हामीलाई प्राप्त जानकारी अनुसार सोही विद्यालयमा अध्यापन गराउँदै गरेकी शिक्षिकाको भारतीय नागरिकसँग प्रेमप्रसङ्ग रहेको र ती भारतीय नागरिक दैनिक रक्सी खाएर विद्यालयमा आउने गरेपछि विद्यालय सञ्चालक सर्राफले विद्यालयमा आउन रोक लगाएका थिए । ती शिक्षिकालाई पनि विद्यFलयबाट निष्कासन गर्ने तयारीमा सञ्चालक सर्राफ रहेको बताइएको छ । तर प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन । यो कुरा बजारमा पैmलिएपछि महिलालाई पक्राउ गर्नुपर्ने मागसहित स्थानीयवासीले भरतचोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
केही दिनदेखि बारा जिल्लामा आपराधिक घटनाहरू बढ्दै गएका देखिन्छन् । जिल्लाको पचरौता नगरपालिका–१ का अन्दाजी ३२ वर्षीय अमरेशकुमार सिंहलाई असोज ८ गते नेपाल–भारत सिमानाका क्षेत्रमा राति करीब १ः३० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सोको भोलिपल्ट असोज ९ गते पचरौता नगरपालिका–६ स्थित पोखरीनजीकै मोतिहारी दरपा थाना सुखवलिया गाउँ निवासी अजितकुमार सिंहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
बारा जिल्लामा साउनदेखि हालसम्म विभिन्न आपराधिक गतिविधिका कारण ११ जनाको हत्या भएको जानकारी प्राप्त भएको छ । केही समयअगाडि कलैया बजारभित्रै छोराले आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।
यसैगरी, सुरक्षाको दृष्टिले बारा जिल्लावासी अतालिहाल्नुपर्ने अवस्था नरहेको प्रजिअ सापकोटाले प्रतिक्रिया दिएका छन् । आपराधिक मानसिकता भएका व्यक्तिहरूको समूहले योजनाबद्धरूपमा व्यक्तिलाई पछ्याउँदै घटना घटाएको घटनाक्रमले देखाएकाले यस घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र कानूनी दायरामा ल्याइ कारबाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलवार पर्सा र बाराका निजी विद्यालय बन्द रहने
सोमवार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट रूपेश सर्राफको दुःखद निधन भएपछि बारा र पर्साका सम्पूर्ण निजी विद्यालय मङ्गलवार बन्द रहने जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, बाराका अध्यक्ष प्रभुलालप्रसाद कुशवाहाले प्रेस विज्ञप्ति जारी गर्दै मृतक सर्राफप्रति श्रद्धाञ्जलिस्वरूप मङ्गलवार एक दिन विद्यालय बन्द रहने जनाएका छन् ।
पर्साका निजी विद्यालयहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति निकालेर मङ्गलवार विद्यालय बन्द गर्ने र दोषीलाई कारबाईको माग गर्ने माग गरेका छन् । एन प्याब्सन, बाराका वरिष्ठ उपाध्यक्ष मृतक सर्राफ कलैयास्थित बाल एकता बोर्डिड्ढा सञ्चालक थिए ।