प्रस, वीरगंज, ११ कात्तिक/
शनिवार बिहान ८ बजे निजगढबाट मोटरसाइकल चोरी गरी भाग्ने क्रममा चोरलाई लखेट्दै आएका प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मृत्यु हुनेमा कञ्चनपुर, भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय, निजगढमा कार्यरत प्रहरी जवान आकाश सुनुवार हुन् । उनी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बारा प्रहरीले जनाएको छ । चोरले मोटरसाइकल चोरी गरी भागिरहेको अवस्थामा बाराका प्रहरीले चौतर्फी घेराबन्दी गर्ने क्रममा मृतक सुनुवारले चलाएको ज.१२प ७१५४ नम्बरको मोटरसाइकल सिमरामा रहेको ग्रीनलाइट होटलनजीक आफैं दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोत अनुसार चोरले निजगढबाट मोटरसाइकल चोरी गरी काठघाट गइरहेको सूचना प्राप्त भएपछि बारा प्रहरीले चौतर्फी घेरा हालेको थियो र सोही क्रममा उनको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चोर र मोटरसाइकल अहिलेसम्म फेला परेको छैन ।