प्रस, वीरगंज, ११ कात्तिक/

मानव तस्करी रोधी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७औं बटालियन एसएसबी र इन्स्पेक्टर मनोजकुमार शर्माको नेतृत्वमा खटेको टोलीले एकजना बालिकाको उद्धार गरेको छ ।

ललाइफकाइ भारततिर लैजाने क्रममा रक्सौल हाजमाटोलाबाट मानव तस्कर मोहम्मद इरफानलाई नियन्त्रणमा लिएको रक्सौल प्रहरीले जनाएको छ ।

पक्राउ परेका इरफानले आफूलाई विवेक चौधरी बताइ आफूलाई करणी गरेको बालिकाले जनाएकी छन् ।

इरफान विवाहित रहेको र उनका चारजना सन्तान रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका इरफानलाई स्थानीय प्रहरीको जिम्मा लगाएको र बालिकालाई प्रयास जुवेनाइल एड सेन्टर रक्सौलमा राखिएको प्रयास संस्थाकी आरती कुमारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here