प्रस, वीरगंज, १० कात्तिक/

बारा, परसौनी गाउँपालिकामा ३३ जना शिक्षकलाई स्वयंसेवक करार शिक्षक नियुक्त गरिएको छ ।

गापामा आज आयोजित एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गरिएको हो । ११ जना पुरुष र २२ जना महिला गरी ३३ जना विभिन्न चरणबाट उत्तीर्ण भएकाले नियुक्त गरिएको गापाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गापा अध्यक्ष विनोद जैसवालले विद्यार्थी अनुपातको तुलनामा शिक्षक दरबन्दी कम भएको भन्दै त्यसको व्यवस्थापन गर्न आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको बताएका थिए ।

गापा उपाध्यक्ष किरणदेवी साहको प्रमुख आतिथ्य एवं गापा शिक्ष्Fक ललीन्द्र पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष हृदयनारायणसाह तेली, ५ का अध्यक्ष सन्तोषकुमार साह, शिक्ष्Fा प्रमुख सन्तोष रौनियार, स्वास्थ्य शाखा प्रमुख सुरेश साह, शिक्ष्Fक छनोट समितिका सदस्य बिन्दाप्रसाद जैसवाल, शिक्ष्Fा समिति सदस्य पवन सिंहलगायतको सहभागिता थियो ।

सो पालिकामा छवटा मावि र छवटा आधारभूत गरी कुल १२ वटा सामुदायिक विद्यालय छन् भने दुईवटा माविमा कक्ष्Fा १२ सम्म अध्यापन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here