प्रस, वीरगंज, १० कात्तिक/

नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेतृत्व गरेको राष्ट्रिय धर्म, संस्कृति, नागरिक बचाऊ महाअभियानले वीरगंजमा विरोधसभा गरेको छ ।

प्रसाईंको नेतृत्वमा गठित महाअभियानका सदस्य तथा चर्को ब्याजविरुद्ध गठित समितिहरूले बैंक, लघुवित्त, सहकारी संस्थाले लिने गरेको चर्को ब्याजविरुद्ध आज वीरगंजमा चर्को नारा लगाउँदै विरोधसभा गरेका थिए । मङ्सिर ७ गतेदेखि काठमाडौंबाट हुने अनिश्चितकालीन धर्ना अभियान तथा विरोधसभाको तयारीको लागि अहिलेदेखि सो सङ्गठनले देशव्यापी अभियान चलाइरहेको छ ।

सोही अनुरूप आज वीरगंज, घण्टाघरबाट निस्केको ¥याली नगर परिक्रमापछि पुनः घण्टाघरमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा दुर्गा प्रसाईं जिन्दाबाद, निकम्मा सरकार मुर्दाबाद, लघुवित्त–सहकारी मुर्दाबाद, घरजग्गा लिलाम गर्न पाइँदैन, लिलाम गरेको घरजग्गा फिर्ता गर, व्यापारीलाई बाँच्न देऊ, व्यापारीलाई कालोसूचीमा राख्न पाइँदैन नाराका साथ हजारौंको सङ्ख्यामा सहभागी महिलाहरूले नगर परिक्रमा गरेका थिए ।

विरोधसभामा बोल्दै सहभागीहरूले लघुवित्त संस्थाको कारण आज अधिकांश घरधनी बेपत्ता भएका र उनीहरूलाई स्थापित गर्न महाअभियानले चालेको कदममा सहयोग गर्न आग्रह गरेका थिए ।

लघुवित्त, बैंकहरूले देशभरिमा लाखौं स्थानीय बासिन्दालाई बेघर बनाएको र उनीहरूकै कारण धेरै घरधनी घर छाडेर अन्यत्र हिंडेको, बैंकहरूले सबैको जग्गा लिलाम गरेकोमा सो जग्गा फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका थिए ।

कार्यक्रममा चन्द्र चौधरी, बलराम पासवान, राजेन्द्रबहादुर दमाई, भगवान साह, तुलसी रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here