नरेश यादव, पर्सागढी १० कात्तिक/

पर्सागढी नगरपालिका–१ स्थित अधूरो छठघाटको निर्माण तथा मरम्मत सम्भार भइरहेको छ । वडा अन्तर्गत सात लाखको बजेटबाट उक्त कार्यको निर्माण भइरहेको छ ।

छठपूजाको लागि सो ठाउँमा उचित छठघाट नभएपछि छठघाटको निर्माण तथा मरम्मत भइरहेको छ ।

चारैतिरबाट पर्खाल, ग्रील, छठीमाताको मूर्ति, रङरोगन, माटो पुर्ने तथा ढलानलगायत विभिन्न काम भइरहेको वडाध्यक्ष राजकपुर खवासले बताएका छन् । बजेट रकमको सदुपयोग हुनेगरी कार्य भइरहेको उनले बताए ।

छठघाट निर्माण कार्य नगर पालिकाका इन्जिनीयर धीरेन्द्र यादवको अनुगमनमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here