प्रस, वीरगंज, १३ भदौ/

नारायणी अस्पताल वीरगंजमा आगामी तीन महीनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिने बताइएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले यस्तो घोषणा गरेका हुन् । नारायणी अस्पताल स्थापनाको १३१ वर्ष पूरा भएको अवसरमा अस्पतालले मनाइरहेको वार्षिकोत्सव समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले यस्तो घोषणा गरेका हुन् ।

उनले नारायणी अस्पतालमा विद्यमान समस्या सम्बोधनका लागि आफू गम्भीरतापूर्वक लाग्ने बताए । उनले मुख्यगरी चारवटा काम गर्ने प्रतिबद्धता जनाए । पहिलो तीन महीनाभित्र मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन एवं त्यसको लागि आवश्यक पूर्वाधार व्यवस्थापन, दोस्रो सर्वोच्च अदालतमा विचाराधीन पाँच सय शøया भवन निर्माणबारेको मुद्दा छिटै टुङ्गोमा पु¥याउन प्रधानन्यायाधीशसँग पहल गर्ने आश्वासन पनि दिए । त्यसैगरी, तेस्रो उनले पाँच सय शøयाको अस्पताल बनाउन बजेटको सुनिश्चितता र चौथो पाँच सय शøयाको अस्पतालको लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समेत आफ्नो विशेष जोड रहने बताए ।

 “अरू आवश्यक उपकरणहरू र जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय र मैले के के गर्नुपर्छ ती सबै गर्छौं,भवन निर्माणमा परेको मुद्दाबारे पनि पहल गर्छु,” उनले भने, “नारायणी अस्पताल र समग्र वीरगंजको विकासका लागि सहयोग गर्न सदैव तत्पर छु, पोखरिया अस्पतालको स्तरोन्नतिका लागि पनि पहल गर्नेछु ।”

उनले आगामी छ महीनामा स्वास्थ्य मन्त्रालयमा सुधार गरेर देखाउने दाबी गरे । आफू स्वास्थ्यमन्त्री बनेको एक सय दिनको अवधिमा नीतिगत सुधारलगायत १२९ वटा काम गरेको पनि उनले सुनाए । मन्त्री पदमा जति दिन वा जति घण्टा रहन्छु स्वास्थ्य क्षेत्रको सुधार प्रयासमैं लाग्ने उनले बताए ।

चिकित्सकहरूसँग वार्ता गरी सहमति हुन्छ

उनले चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेकाले आफू दुःिखत रहेको भन्दै यसबारेमा चाँडै सहमति गरेर अघि बढ्ने बताए । उनले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको लागि सरकारले प्रक्रिया अघि बढाइसकेकोले दोषीलाई कुनै हालतमा छुट नहुने बताए । नेपाल चिकित्सक सङ्घसँग वार्ता गरी एक/दुई दिनमैं समस्या समाधान हुने उनले ठोकुवा गरे । “हामीले वार्ताका लागि पहल गरेका छौं, एक/दुई दिनमा वार्ताबाट सहमति हुनेछ,” उनले भने । स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा अहिले देखिएका समस्या समाधान गर्न र स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न हाल रहेको दरबन्दी बढाउनै पर्ने बताए । उनले भने, “जबसम्म स्वास्थ्यकर्मीहरूको दरबन्दी बढाएर पदपूर्ति गर्न सकिंदैन, तबसम्म स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुनै सक्दैन ।” उनले देशभरका स्वास्थ्य संस्थामा अहिले चिकित्सकको तीन हजार र नर्सको २९ हजार दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

कार्यक्रममा पर्साका सांसदहरूले नारायणी अस्पतालका चिकित्सकहरूको प्रशंसा गरेका थिए । पर्सा १ का सांसद प्रदीप यादव, क्षेत्र नं २ का सांसद अजयकुमार चौरसिया, एमाले समानुपातिक सांसद प्रभु हजरा, काङ्ग्रेस पर्सा सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सीमित स्रोत साधनका बावजूद पनि नारायणी अस्पतालमा दैनिक १२ सयभन्दा बढी बिरामीको उपचार गरिरहेका र मधेसमैं राम्रो उपचार पाउने अस्पतालको रूपमा नारायणी अस्पतालले पहिचान कमाएको बताएका थिए । नारायणी अस्पतालमा नेपालीसँगै भारतीय पनि सेवा लिन आउने गरेकाले अस्पतालका स्वास्थ्यकर्मीमाथि आशङ्का नगर्न उनीहरूले आग्रह गरे । चिकित्सकको मनोबल खस्किएको बेला सम्मान गरी हौसला बढाउनु जरुरी रहेको उनीहरू बताएका थिए ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको सेवाबाट जनता सन्तुष्ट नरहेको र स्वास्थ्यकर्मीहरूलाई आफ्नो बानीबेहोरा सुधार्न आग्रह गरे ।

नारायणी अस्पतालका निमित्त मेसु डा चितरञ्जन साहको अध्यक्षता तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह,  वीणा जयसवाल, प्रदेशसभा सदस्यहरू श्याम पटेल, वीणा शर्मा, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमलगायतको पनि सहभागिता थियो ।

सो अवसरमा नारायणी अस्पतालमा जडान भएको एमआरआई सेन्टर र ५० शøयाको आकस्मिक कक्ष भवन पनि उद्घाटन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here