प्रस, सिम्रौनगढ, १३ असोज/

नेपाल–भारत सीमा क्षेत्रका नागरिकहरूलाई एसएसबीले सवारीसाधनको प्रयोग गरी आवतजावतमा रोक लगाएको छ ।

दुवैतर्फका नागरिकलाई सिमा वारपार गर्दा सवारीसाधन सञ्चालन गर्न नपाउने र पैदल जानुपर्ने एसएसबीले व्यवस्था गरेपछि अहिले यो क्षेत्रमा समस्या भएको छ ।

सीमावर्ती भारतको घोडासहन, वनकटवा, श्रीपुर कवैया, लौखान, ढाका र नेपालको सिम्रौनगढ, कचोर्वा, बङ्कुल, मौलापुर, हरनैयालगायत खुला सीमा रहेको क्षेत्रबाट दुवै देशका नागरिकलाई सवारीसाधनरहित आवतजावत गराइएपछि अहिले समस्या भएको छ । पारिवारिक भेटघाट, बजार जान, वैवाहिक कार्यक्रमहरूमा पनि सवारीसाधन प्रयोग गर्न रोक लगाइएपछि समस्या भएको हो । यी क्षेत्रबाट दैनिक हजारौं व्यक्ति ओहोरदोहोर गर्छन् । अधिकांशले सवारीसाधन प्रयोग गर्दै आए पनि अहिले पैदल आउँदा–जाँदा समस्या भएको स्थानीयले बताएका छन् ।

यो नियम अहिले झरोखर सीमामा लागू गरिएको छ । एसएसबीले यस्तो नियम बनाए पनि नेपालतर्फ पूर्ववत् नियम अनुसार सवारीसाधनको प्रयोग हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here