प्रस, वीरगंज, १३ असोज/

शनिवार तीन स्थान र शुक्रवार एक स्थानमा गरी २९४ जनाले रक्तदान गरेका छन् ।

तेरापन्थ युवा परिषद्ले आज तेरापन्थ भवन आदर्शनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा आठजना महिलासहित ८२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

पूजा दुगड, अञ्जु शाह, बबिता साङ्चेपी, नवनीत क्याल, कन्हैया अग्रवाल, सञ्जु पटेल, मनोज चौधरी, रोशन गुप्ता, सन्दीप सर्राफ, खुशी अग्रवाल, आशिष कौशिक, राहुल गुप्ता, सुमित सेठियालगायतले रक्तदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह, वीउवासङ्घका पूर्वअध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो ।

यसैगरी, जनता समाजवादी पार्टी, पर्साले वीरगंज महानगर–३१ भेडियाहीमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ३४ जनाले रक्तदान गरेका थिए भने हरियो आकर्षण युवा क्लब, सखुवाप्रसौनीले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित २७ जनाले रक्तदान गरेका थिए ।

यसैगरी, शुक्रवार कोहिनूर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १५१ जनाले रक्तदान गरेका थिए । नेशनल मेडिकल कलेजको प्राविधिक सहयोगमा  आयोजित रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेको कलेजका प्रवक्ता सेराज अहमदले बताए ।

कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here