प्रस, वीरगंज, १३ असोज/

मानव तस्करविरोधी एकाइ क्षेत्रीय मुख्यालय, बेतियाले सिकटाबाट एकजना नाबालिकाको उद्धार गरेको छ ।

सिकटा नाकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा एसएसबीको टोलीले १६ वर्षीया नाबालिकालाई उद्धार गरेको र निजलाई ललाइफकाइ नेपाल ल्याउने प्रयास गरेका २० वर्षीय तालिम मियाँलाई पक्राउ गरिएको इन्स्पेक्टर मनोज शर्माले बताए ।

प्रयास संस्थाकी आरती कुमारीले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नाबालिकालाई नियन्त्रणमा लिएर सोधपूछ गर्दा निजले दुई महीनादेखि मियाँले आफ्नो पिछा गरेको र नेपालमा जागीर लगाइदिने र विवाह गर्ने प्रलोभन दिएर ल्याउन खोजेको प्रारम्भिक बयान दिएकी थिइन् ।

नाबालिका र मियाँलाई सिकटा थानामा बुझाएको र सिकटा थानाले मियाँलाई मोतिहारी जेल चलान गरेको र नाबालिकालाई परिवारको जिम्मा लगाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here