प्रस, वीरगंज, १२ असोज/

भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा जग्गा रजिस्ट्रेशन गराउनेहरूको सङ्ख्या बढ्दो छ ।

सरकारले पछिल्लोपटक एक महीनाअघि कित्ताकाटका लागि सहजता प्रदान गरेपछि रजिस्टे«शन गराउनेहरूको सङ्ख्या बढेको भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका नासु राजेश्वर साहले बताए ।

सरकारले एक महीनाअघि घडेरीका लागि पौने पाँच धुर जग्गा कित्ताकाट गर्न मिल्ने निर्णय गरेको थियो ।

यसअघि पौने आठ धुर जग्गा घडेरीको लागि कित्ताकाट हुने र सोभन्दा कम जग्गाको कित्ताकाट नहुने प्रFवधान थियो । यो प्रावधानले मालपोतमा रजिस्ट्रेशन पास गराउनेहरूको सङ्ख्या घटेको थियो ।

यसैगरी, अहिले सरकारले अंशबन्डा मुद्दामा दामासाहीले पर्ने जतिसुकै जग्गाको पनि कित्ताकाट गर्न मिल्ने र संधियारसँग जोडिएका जग्गा खरीद गर्न पनि पौने पाँच धुरको प्रFवधान लागू नहुने र जतिसुकै जग्गा भएपनि खरीद गर्न मिल्ने गरी सहजता प्रदान गरेको छ ।

यसै कारण भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा जग्गा रजिस्टे«शन गराउनेहरूको सङ्ख्या बढेको नासु साहले बताए । अहिले एक महीनादेखि कित्ताकाट गराउनेहरूको सङ्ख्या २० प्रतिशतले बढेको उनले बताए ।

चाडपर्वको कारण भदौ–कात्तिकमा मालपोत कार्यालयमा रजिस्ट्रेशन गराउनेको सङ्ख्या प्रत्येक वर्ष कम हुने र मङ्सिरदेखि जग्गा रजिस्ट्रेशनको क्रम बढ्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here