प्रस, सेढवा, १२ असोज/

पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्फको थरुहट क्षेत्रमा अहिले किसानहरू भदैया मन्सुली धान भित्रयाउँदैछन् ।

असारमा लगाएको भदैया र १४४२ धान ९० दिनमा तयार हुन्छन् र अहिले यी धान तयार भएपछि किसानहरू भिœयाउन व्यस्त छन् । भदैया र १४४२ बलौटे माटोमा बढी हुने गरेको र यो क्ष्Fेत्र थरुहटमा रहेकोले अहिले कुल धानखेतीको २० प्रतिशत क्षेत्रफलमा खेती गरिएको छ ।

किसानहरूले गत वर्षकै मूल्यमा यो वर्ष पनि भदैया र १४४२ धान बिक्री गर्दैछन् । व्यापारीहरूले किसानहरूको खेतमैं गएर प्रतिक्विन्टल रु २८ सयमा धान खरीद गरिरहेका छन् । किसानहरू भने यस वर्ष डिजेल र कीटनाशक औषधिको मूल्य बढेका कारण गत वर्षको मूल्यमा धान बिक्री गर्दा निराश छन् । उनीहरूले धानको मूल्यवृद्धि गर्नुपर्नेमा सरकार उदासीन भएको भन्दै दुःखेसो पोखे ।

असारमा लगाइएको अगहनी धानमा भने अहिले बाला लाग्न शुरू भएको छ । असारमा सोना मन्सुली, मनि मन्सुली, सेतो मन्सुली जातका धानहरू थरुहट क्षेत्रमा अत्यधिक मात्रामा गरिएको छ र यो धानखेती मङ्सिरको सुरुआतमा भिœयाइन्छ ।

भदैया धान ९० दिनमा तयार हुन्छ भने अगहनी १२० दिनमा तयार हुन्छ । अहिले यसको बाला लागेको छ र सिंचाइ नहुँदा बाला हुर्कने विषयमा किसानहरू चिन्तित छन् । पानी नपरेर अगहनी धानको खेती गरेका किसानहरू चिन्तित छन् भने भदैया धानको खेती गरेका किसानहरू भने खुशी छन् । धान भित्रयाउने बेलामा पानी नपर्दा उनीहरूलाई अहिले सहज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here