प्रस, वीरगंज, १२ असोज/

राजस्व अनुसन्धान कार्यालय, पथलैयाले वीरगंजमा आयोजना गरेको राजस्व चुहावट नियन्त्रणसम्बन्धी अन्तत्र्रिmयामा सहभागी उद्योगी–व्यवसायीहरूले अवैध कारोबारका कारण देशको राजस्व प्रभावित भएको आरोप लगाएका छन् ।

अन्तत्र्रिmयामा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले सङ्घ सरकारलाई तिर्दै आएको करसरह नै प्रदेश र स्थानीय सरकारले पनि करको भार थोपरेकाले उद्योग–व्यवसाय प्रभावित भएको बताए । उनले उद्योग–व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने, उद्योग–व्यवसाय नफस्टाएको खण्डमा सरकारले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने र त्यसको परिकल्पना गर्नै नसक्ने बताए । उनले सीमावर्ती क्ष्Fेत्रमा राजस्व चुहावटमा नियन्त्रण गर्नुपर्ने, सुरक्षाका लागि सिसिटिभी जडान गर्नुपर्ने र बैंकले दुई अङ्कमा लिइरहेको ब्याजलाई एक अङ्कमा झार्नुपर्ने सुझाए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले तीनै तहकोसरकारको नीति नियममा एकरूपता नभएको आरोप लगाए । उनले सबै व्यवसायीलाई समान नियम लाग्ने अवसरको प्रतीक्षामा आफूहरू बताए । सुरक्षाका दुई तह राजस्व नियन्त्रणमा सक्रियतापूर्वक लाग्दा पनि नियन्त्रण नहुनुको रहस्य बुझ्न नसकिएको उनले बताए । राजस्व चुहावटमा भएका कमीकमजोरीहरूलाई नहटाइने हो भने गम्भीर आर्थिक सङ्कटको सामना गर्नुपर्ने चेतावनी उनले दिए ।

वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले अन्तरसरकारी सम्बन्ध मजबूत नभएकोले त्यसको भोगाइ निजी क्षेत्रले बेहोर्नुपरेको गुनासो गरे । उनले अहिलेको वातावरणमा उद्योगी–व्यवसायीहरू निकै प्रताडित भएका र उद्योग–व्यवसाय गर्ने वातावरण बिग्रिंदै गएको आरोप लगाए ।

वरिष्ठ उपाध्यक्ष गौतमले करमाथि कर थोपरेर सरकारले अनावश्यक झन्झट दिएको र यसकै कारण उद्योगी–व्यवसायीहरू पलायन हुन थालेका बताए । उनले राजस्व कार्यालयलाई विनाआधार लक्ष्य बढाएर दिने गरिएको र त्यसैको आडमा राजस्व खोज्ने काम भएको भन्दै लक्ष्यसहितको राजस्व सङ्कलनका आधारहरू सिर्जना नभएसम्म समस्या झनै बढ्ने बताए । अर्थतन्त्र चलायमान छैन, उद्योग–व्यवसाय बन्द भइरहेका छन्, अनि राजस्वको लक्ष्य कसरी पूरा हुन्छ ? उनले प्रश्न गरे । उनले आवश्यक सामग्री आयात गर्न अनुमतिपत्र नदिएको कारण अवैध कारोबार बढेको र त्यसले राजस्व प्रभावित भएको बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले सरकारले व्यवसायीलाई कालोबजारी गर्न प्रोत्साहित गरेको आरोप लगाए । उनले व्यवसायमैत्री वातावरण नभइदिंदा समस्या भएको र उद्योगहरू पलायन हुने अवस्थामा पुगेको भन्दै यसमा सरकारले तुरुन्तै ध्यान दिनुपर्ने सुझाव दिए ।

उद्योग वाणिज्य सङ्घ बाराका अध्यक्ष राजकुमार साहले सरकार अर्थतन्त्र चलायमान बनाउने विषयमा गम्भीर नभएको आरोप लगाए । उनले पछिल्लो समय बेरोजगारी समस्या बढेकै कारण विद्यार्थी, श्रमिक, शिक्षक सबै आन्दोलित हुनुपरेको जिकिर गरे ।

उद्योगी–व्यवसायीहरूका गुनासा र समस्याहरूलाई सम्बोधन गरिने राजस्व विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । उनले निजी क्ष्Fेत्र र सरकारबीचको खाडल पुर्ने विषयमा सरकार गम्भीर रहेको र वैध व्यवसायलाई प्रोत्साहन गर्ने तथा अवैध व्यवसायलाई निरुत्साहित गर्ने बताए । उनले वैध र अवैध दुवै कारोबार ठूला एवं प्रतिष्ठित व्यवसायीहरूबाट हुने गरेको आरोप लगाए । उनले व्यवसायीहरूलाई सरकारको राजस्व पूरा गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

अन्तक्र्रियामा वीरगंज उद्योग वाणिज्य सङघका पूर्वअध्यक्षहरू अशोक बैद र प्रदीप केडिया, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठलगायतका उद्योगी–व्यवसायीहरूले राजस्व चुहावटसँगै आयातमा रहेका नीतिगत, संरचनागत तथा प्रणालीगत समस्याका बारेमा अवगत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here