प्रस, वीरगंज, ९ असोज/

कलैया उपमहानगरपालिका–१८ मोतीसर निवासी जोगेश्वर ठाकुर मानसिक रोगबाट मुक्त भएपछि अहिले पुरानै काममा फर्किएका छन् ।

ठाकुर एक वर्ष वीरगंजस्थित मानवसेवा आश्रममा बसेका थिए र उनको उपचार मनोरोगी डा भरत गोइतले गरेका थिए । अहिलेसम्म उनको उपचार डा गोइतले नै गर्दै आएका छन् । ठाकुर तीन वर्षअघि घरमैं सिक्रीले बाँधिएर चार वर्षसम्म गोठमा जीवन बिताएका थिए । कोरोनाकालमा राहत वितरण गर्ने क्रममा उनलाई सामाजिक कार्यकर्ता प्रकाश थारूले उद्धार गरेर मानवसेवा आश्रममा पु¥याएका थिए ।

चार वर्षदेखि घरमैं सिक्रीमा बाँधिएर बसेका ठाकुरको उद्धारपछि मानवसेवा आश्रममा नियमित उपचार भएको थियो र उनमा सुधार आएपछि मोतीसर घर पठाइएको थियो । गाउँटोलका मानिसहरूलाई ढुङ्गामुढा गर्न थालेपछि ठाकुरलाई गोठमा बाँधेर चार वर्षसम्म राखिएको थियो ।

उपचारपछि मानसिक अवस्थामा सुधार आएपछि दुई वर्षदेखि ठाकुर अहिले आफ्नो नियमित काम फर्निचर बनाउँदै छन् । यसअघि, उनी फर्निचर बनाउने कार्यमा मोतीसरमा नाम चलेका व्यक्ति भएको पूर्ववडासदस्य राजकुमार साह बताउँछन् ।

मानसिक स्थिति बिग्रिएपछि उनलाई घरमा राखिएको र पछि मानवसेवा आश्रमले उद्धार गरेको र अहिले उनको अवस्थामा निकै सुधार आएको वडासदस्य साहले बताए । ठाकुरको चारजना छोरी र एक छोरा छन् । छोरीहरूको विवाह भइसकेको छ । अहिले उनी घरमा पत्नी, आमा र छोरासँग बस्दै आएका छन् । ठाकुरले मासिकरूपमा डा गोइतसँग भेट्ने र उनको सल्लाहमा औषधि लिंदै आएका छन् ।

डा गोइतले ठाकुरको उपचार निश्शुल्क गर्दै आएको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here