प्रस, वीरगंज, ८ असोज/
वीरगंज महानगरपालिकाको पहलमा सोमवार सद्भाव ¥याली निकालिएको छ । स्वीमिङपुलबाट निकालिएको सद्भाव ¥याली नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभा गरी ज्ञापन बुझाएर समापन भएको थियो ।

कोणसभामा सांसद प्रदीप यादवले धार्मिक सहिष्णुता कायम राख्न र जात, धर्म अथवा अन्य कुनै कारणले सामाजिक सद्भाव बिथोल्ने काम नगर्न सबैलाई आग्रह गरे । उनले आफू दुईपटक जनताको मतबाट सांसद भएको तर यो अवधिमा कहिले धार्मिक विभेद नभएको भन्दै सामाजिक सञ्जालमार्फत सद्भाव बिथोल्ने उच्छृङ्खल गतिविधिको विरोध गरे । उनले धर्मको नाममा विभेद गरेर समाजमा कलह र हिंसा मात्र पैmलिने हुँदा त्यसतर्फ सचेत रहन सुझाए ।

नेकपा एमाले, पर्साका संयोजक डा विश्वम्भर शर्माले आपसी सद्भावविरुद्धका गतिविधि नगर्न आग्रह गरे । उनले समुदायलाई उक्साउने र सद्भाव बिगार्ने तथा शान्ति प्रक्रियामा खलल पु¥याउने गतिविधिमा संलग्न हुनेहरूलाई कानूनी कारबाई गर्न आग्रह गरे ।

नगरप्रमुख राजेशमान सिंहले सामाजिक सद्भाव बिथोल्नेविरुद्ध नगरवासी सचेत रहेको बताए । उनले धार्मिक गतिविधि बढ्दा यस प्रकारका घटना हुने भएकाले यसमा संयमित हुन सबैलाई सुझाए ।

उनले सबै धर्मको मूल लक्ष्य समाजमा शान्ति, सुव्यवस्था कायम गर्नु नै रहेको हुँदा आआप्mनो धर्मको प्रचारप्रसार गर्दा अर्कालाई मर्का नपरोस् र उनीहरूलाई उक्साउने काम पनि नगरियोस् भनेर आग्रह गरे । सामाजिक गतिविधिविरुद्ध लाग्नेहरूलाई कानूनी कारबाई गर्न उनले सुझाए ।

कोणसभापछि निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालमार्पmत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै निमित्त प्रजिअ लम्सालले धर्मनिरपेक्ष देशमा कसैले कसैलाई जबरजस्ती गर्न नहुने र सद्भाव बिगार्ने तŒवहरूलाई कारबाई गरिने बताए ।

-यालीमा जिल्ला समन्वय समिति, पर्साका सभापति निरञ्जन साह सोनार, उपप्रमुख इम्तियाज आलम, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष्F बालगोपाल थापा, नेकपा एमालेका जालीम मियाँ, जनमत पार्टीका शशिकपूर मियाँ, जसपाका प्रेमबाबू पटेल, नगरअध्यक्ष ईश्वरचन्द्र यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here