प्रस, रौतहट, ८ असोज/
माधवनारायण नगरपालिकामा उपप्रमुख निर्मलादेवी रमन र प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवको मिलेमतोमा अनियमितता भएको समाचार छ ।

विकास निर्माण कार्यमा अनुगमन समितिकी अध्यक्ष भएकी उपप्रमुख रमनको उपस्थितिमा तीन लाख ९९ हजार तीन सयको नक्कली कागज तयार गरी हिनामिना गरिएको स्थानीयले आरोप लगाएका छन् ।

समृद्धिको लागि वन परियोजना अन्तर्गत समुदायमा आधारित वन व्यवस्थापन समूहको सुशासन, लैङ्गिक, समानता, सामाजिक समावेशीकरण र सुरक्षासम्बन्धी तीन दिने तालीमको लागि सुपर नेपाल संस्थालाई प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यादेश दिई रकम हिनामिना गर्न लगाइएको बताइन्छ ।

यसैगरी, उपप्रमुखको भागमा परेको विकास निर्माण बजेटमा पनि अनियमितता भएको बताइन्छ ।

यस सम्बन्धमा उपप्रमुख रमनसँग सोध्दा आफूलाई थाहा नभएको तथा आफ्नो संलग्नता नरहेको बताइन् । उनले आफ्नो भागमा परेको बजेटबाट विकास निर्माणका कार्य गरेको बताइन् ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत यादवले प्रतिक्रिया दिन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here