प्रस, सिम्रौनगढ, ८ असोज/
बाराको पचरौता नगरपालिका–१ पिपरपातीमा एकजना युवकको हत्या भएको छ ।
पचरौता नगरपालिका–१ टोल पिपरपातीका अमरेश सिंहको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गएराति १२ बजे पिपरपाती गाउँभन्दा दक्षिण सीमाछेउमा उनको शव देखेपछि स्थानीयेवासीले प्रहरीलाई जानकारी गराएका थिए । आज बिहान प्रहरीले शवको मुचुल्का बनाइ शल्यपरीक्षणको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।