प्रस, वीरगंज, ८ असोज/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणबारे सरोकारवालाहरूसँग छलफल गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय, पर्सामा आयोजित ‘म पनि ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गत ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणबारे कार्ययोजनामा छलफल भएको व्यवस्थित वीरगंज अभियानका अध्यक्ष दिलीपराज कार्कीले बताए ।
उनले छलफलमा घण्टाघरको ट्राफिकलाई प्रभावकारी बनाउन फूटपाथ, रेलिङ, जेब्रा पेन्टिङ, पार्किड्ढो व्यवस्थापन, बसपार्क रोड व्यवस्थापन, गण्डकमा ट्राफिक प्रहरी पोस्ट सञ्चालन, विद्यालयको प्राङ्गणमा ट्राफिक चिह्न लगाउने कार्यक्रम र चाडपर्व नजीकिएकोले सोलाई लक्षित गरेर ट्राफिक व्यवस्थापनबारे छलफल गरिएको बताए । कार्यक्रममा व्यवस्थित वीरगंज अभियान, स्प्रिट क्लब, एलाइट युथ सोसाइटी, स्टार युथ क्लब, पहिलो पाइला, परिवर्तन नेपाल, समृद्धि नेपाल, युवा वचन संस्था, हन्डे«ड गु्रप, राइनो युवा क्लबलगायतका सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।