नितेश कर्ण, सर्लाही, ८ असोज/
लालबन्दी नगरपालिका–१ नवलपुरस्थित कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय किसान, व्यापारीहरूको सङ्घर्ष समितिले कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।
बजार व्यवस्थापन समितिका पदाधिकारीहरूले बजार व्यवस्थापनको नाममा आर्थिक हिनामिना गरेको, कर्मचारीको तलब निकासा गरी चार महीनाको भुक्तानी नगरेको, बजार व्यवस्थापनको नाममा मनपर्दी रकम उठाउने गरेको विरोधमा तालाबन्दी गरिएको थियो ।
समस्याको समाधानको लागि तालाबन्दी गर्ने निर्णय अनुसार तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक नवराज कुशवाहाले जानकारी दिएका छन् ।