प्रस, सेढवा, ८ असोज/
जीराभवानी गाउँपालिकामा सोमवार बिहान धुरा पाडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीराभवानी गाउँपालिका–५ हरैयाका ५५ वर्षीय बिजुली महतो रहेका छन् । महतोको घरअगाडि दुईवटा धुरा पाडा एकापसमा जुधिरहेका बेला एउटा पाडाले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारको लागि वीरगंजको नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको इलाका प्रहरी कार्यालय, सेढवाका प्रहरी नायब निरीक्षक नवलकिशोर साहले जानकारी दिए ।

दुई हप्ताअगाडि सोही पाडाको आक्रमणमा परी सोही गाउँका बालेश्वर दास पनि घाइते भएका थिए । दासको छाती र ढाडमा गम्भीर चोट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here