प्रस, वीरगंज, ८ असोज/
स्वतन्त्र मानव अधिकार समाजले आइतवार निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्साललाई भेटेर वीरगंज–४ बिर्तामा रहेको बाल सुधारगृहको बारेमा जानकारी गराएको छ ।

समाजका अध्यक्ष्F कृष्णकुमार खनाललगायतको टोलीले असोज २ गते बाल सुधारगृहको निरीक्ष्Fण गरेको र त्यहाँ घटनापछिको अवस्था सामान्य रहेको र सुधारका कार्यहरू भइरहेको जानकारी गराएको छ । घटनापछि टुटफुट भएका सामग्रीको निर्माण भइरहेको जनाउँदै त्यहाँ रहेका समस्याहरूबारे पनि निमित्त प्रजिअ लम्सालको ध्यानाकर्षण गराएको छ । सुधारगृहमा आठवटा कोठा रहेको र त्यसमा १३१ जना बालबन्दी राखिएका र सोमा सुधार हुनुपर्ने बताएको छ ।

एउटा कोठामा १४ जना बालबन्दी दुईवटा पङ्खाको भरमा अहिलेको गर्मी झेलिरहेको र यो अन्तर्राष्ट्रिय मानव अधिकारविपरीत रहेको अध्यक्ष खनालले बताए । अध्यक्ष्F खनालले बाल सुधारगृहमा तत्काल पानीको व्यवस्थापन गर्नुपर्ने, जेनेरेटर उपलब्ध गराउनुपर्ने, तत्काल थप १२ वटा पङ्खा जडान गर्नुपर्ने, पुस्तकालयको उचित व्यवस्थापन गर्नुपर्ने, खेलकूदका सामग्रीको व्यवस्थापन, औषधि उपचार समयमा गर्नुपर्ने, खाना–खाजाको व्यवस्थापन उचित ढङ्गले गर्नुपर्ने र त्यहाँ खट्ने नौजना सुरक्ष्Fाकर्मीको लागि छुट्टै मेस, कोठा र शौचालयको व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।

उनले लामो समयदेखि कैद भुक्तान गरिरहेका बालबन्दीहरू पनि हालसम्म त्यही रहेकाले उनीहरूलाई घर फर्काउने व्यवस्था मिलाउन पनि सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here