प्रस, पोखरिया, ८ असोज/
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय, पोखरियामा अध्ययनरत कक्ष्Fा ११ र १२ का विद्यार्थीहरूले सोमवार नगरप्रमुख प्रद्युम्न चौहानलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

विद्यार्थीहरूले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विद्यालयले अनधिकृत भर्ना, मासिक शुल्क लिने गरेको, शिक्षकहरू नियमितरूपमा कक्ष्Fामा नआउने गरेको, शौचालयको उचित व्यवस्थापन नभएको, छात्राहरूको लागि छुट्टै शौचालय र उनीहरूको लागि सेनिटरी प्याडको व्यवस्था नगरिएकोलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here