थकाइ लाग्नु कुनै रोग होइन तर थकाइ कहिल्यै समाप्त नहुने समस्या बन्छ भने दिनचर्या पनि प्रभावित हुन थाल्छ र यो खतराको सङ्केत पनि हो । टोरन्टोस्थित सेन्टर फर ग्लोबल हेल्थ रिसर्च अनुसार पाँचजनामध्ये एकजना व्यक्ति हरेक समय हलुका थकान र १० जनामध्ये एकजना लामो समयसम्म हुने थकानबाट ग्रस्त हुन्छन् ।

क्रोनिक फटिग सिन्ड्रोम (सिएफएस)लाई मयालजिक एनसेफैलोमायलिटिस पनि भनिन्छ । एक प्रकारले यो थकानको त्यो स्थिति हो, जसको असर नर्भस सिस्टम, इम्युन सिस्टम र काम गर्ने क्षमतामाथि पर्छ । यो थकान कमसेकम छ महीनासम्म रहिरहन्छ । तन र मनसँग जोडिएको काम गर्ने समय लक्षण झनै गम्भीर हुन पुग्छ । आराम गर्दा पनि सुधार आउँदैन ।

सिएफएसको कारण स्पष्टरूपले थाहा छैन तर कैयौं कारक यसको खतरालाई बढाउँछ । जसमा अनुवांशिक कारण, ब्याक्टेरिया वा भाइरस सङ्क्रमण, शारीरिक वा भावनात्मक ट्रमा, हार्मोन असन्तुलन आदि प्रमुख हुन्छ ।

थकानको सामान्य कारणः शरीरको वजन सामान्यभन्दा बढी वा कम हुनु, कैफिन र रक्सीको बढी मात्रामा सेवन, लगातार बसेर काम गर्नु, पूरा निद्रा नलिनु, अत्यधिक शारीरिक र मानसिक श्रम, औषधिको साइड इफेक्ट विशेषगरी माइग्रेन, डिप्रेशन र उच्च रक्तचापको औषधि, कुपोषण (मिनरल्स र भिटामिनको कमी), शारीरिक वा मानसिक तनाव ।

एनिमिया, क्यान्सर, मधुमेह, थाइराइड, गठिया, मल्टिपल स्क्लेरोसिस, मुटु वा कलेजोसम्बन्धी समस्या, अस्थमा, उच्च रक्तचाप, पेट र छातीको सङ्क्रमणको सङ्केत पनि बढी थकान हुनसक्छ ।

कतिबेला चिकित्सककहाँ जाने ? लामो समयदेखि विना कुनै स्पष्ट कारणले शारीरिक र मानसिक स्तरमा धेरै थकान हुन्छ भने चिकित्सककहाँ जानुपर्छ । सोच–बुझ गर्ने क्षमता प्रभावित भएपछि, चक्कर लाग्ने बस–उठ गर्दा झनै गम्भीर हुन्छ भने, मांसपेशी र जोर्नी दुखाइ, निद्रा पूरा भए पनि ताजा महसूस नहुने यस्तो स्थितिमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस सम्बन्धमा चिकित्सकले रगत र पिसाबको जाँच गर्छन् । लक्षणको आधारमा उपचार गर्छन् । औषधि, पोषक तत्व, व्यायाम आदि तरीकाको सहारा लिन्छन् । जुन समस्याको कारण थकान भइरहेको छ, त्यसको उपचार गराउँदा लक्ष्Fणमा कमी आउन सक्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here