प्रस, वीरगंज, ३१ भदौ/

अमेरिकाबाट हुलाकमार्फत गाँजा मगाइ बिक्री गर्ने गिरोहमध्ये दुईजनालाई गाँजासहित वीरगंजबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

उनले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय, पर्सामा प्राप्त हुनेगरी अमेरिकाबाट पठाइएको एउटा कार्टूनमा नौ सय ग्राम गाँजा भेटिएको र सो गाँजाको डेलिभरी लिन आएका वीरगंज–१६ बस्ने ३२ वर्षीय डल्लु राम र ४३ वर्षीय हबीब मियाँलाई पक्राउ गरिएको बताइएको छ ।

यसैगरी, भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय, कास्की पठाइएको अर्को कार्टूनमा एक किलो चार सय ग्रFम गाँजा भेटिएको र उक्त गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षीय एजिङ भार्सेसलाई पक्राउ गरिएको बताइएको छ । उनको कोठाबाट थप ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रउ जोशीले बताए ।

यसैगरी, अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, काठमाडौंबाट डढेलधुराका लागि आएको अर्को कार्टूनमा ७२० ग्राम गाँजा रहेको र सो गाँजाको डेलिभरी लिन आएका डढेलधुराका गन्यापधुरा गाउँपालिका–१ की ३९ वर्षीया रेणुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनकै नामबाट गोश्वारा हुलाक कार्यालयबाट भदौ २४ गते ९३९ ग्राम गाँजा पठाइएको र सो कार्टून रेणुकाले भारतीय नागरिक अरुण कुमार र महमद नइमले लिन पठाएको भनी खुलेको र उनीहरूलाई पनि पक्राउ गरिएको प्रउ जोशीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here