नरेश यादव, पर्सागढी, ३१ भदौ/

पर्सागढी नगरपालिका–२ स्थित स्वास्थ्य चौकी बागवानामा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा पर्सागढी नगरपालिकाको सहकार्यमा सञ्चालित पर्सागढी जनस्वास्थ्य प्रयोगशालामा बिरामीहरूको चाप बढेको छ ।

पर्सागढीमा प्रयोगशाला नहुँदा यस क्षेत्रका बासिन्दालाई रगतको सामान्य चेकजाँच गर्न जीतपुर, सिमरा, वीरगंज जानुपर्ने बाध्यता थियो । सोको लागि समय धेरै लाग्ने र गाडी भाडाको लागि खर्च हुन्थ्यो । अहिले पर्सागढीमा प्रयोगशाला सञ्चालनमा आएपछि नगरवासीको समय र खर्च दुवै बचत भएको छ ।

सो प्रयोगशाला एचआइभी,  मलेरिया, खकारलगायतका परीक्षण निश्शुल्क हुने गर्छ भने रगतमा चिनीको स्तर, कलेजो र मिर्गौलाको कार्यप्रणाली परीक्षण न्यून शुल्कमा गरिन्छ । पर्सागढीबाहिर रगतमा चिनी स्तर परीक्षण गर्न रु १२० लाग्छ भने यहाँको प्रयोगशालामा रु २५ मैं चेकजाँच गरिन्छ ।

यस स्वास्थ्य चौकीमा निश्शुल्क प्रसूति सेवा, गर्भवती महिलाहरूको निश्शुल्क भिडियो एक्स–रे सेवा सञ्चालनमा रहेका ले अहिले बिरामीहरूको चाप बढेको स्वास्थ्य चौकीका इन्चार्ज रजनेश पासवानले बताए ।

पर्सागढी स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री तथा औषधिहरूको समयमैं  आपूर्ति गरिरहेको स्वास्थ्य इन्चार्ज पासवानको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here