धमेन्द्र चौरसिया, पोखरिया, ३१ भदौ/

ठोरी गाउँपालिकामा आसमान नेपालले ‘सिकाइलाई निरन्तर गरौं, बालिकालाई पछाडि नपारौं’ अभियानका साथ गत वर्ष सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको छ ।

आसमान नेपालले ठोरीमा क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोगमा कक्ष्Fा सातसम्म अध्ययन गरेर बीचमैं पढाइ छोडेका १० देखि १८ वर्ष उमेरका बालिकाहरूलाई लक्षित गरेर ठोरीमा यो अभियान चलाएको थियो । अभियानमा ८३ जना बालिकालाई निरन्तर शिक्ष्Fा तह अन्तर्गत दुई चरणमा आठ महीनाको पढाइ तालीम दिइएको थियो ।

पाँचवटा सेन्टर बनाएर महिला सहजकर्ताद्वारा उनीहरूलाई आठ महीनासम्म अध्ययन गराइएको थियो । अध्ययन पूरा गरेकामध्ये १४ वर्ष उमेरसम्मका ११ जना बालिका विद्यालय भर्ना भएका छन् ।

आठ महीना अध्ययन गराएर ८३ जनालाई आआफ्नो रुचि अनुसारको अध्ययन गर्ने तथा सीपमूलक कार्यक्रम गरेर रोजगार गर्ने भन्ने विषयमा स्वयम् निर्णय गर्ने अधिकार दिइएको थियो ।

२७ जना बालिका आन्तरिक तथा बाह्य रोजगारमा गएकाबाहेक १५ देखि १८ वर्ष उमेर समूहका ४५ जना ठोरीमैं विभिन्न रोजगारमा संलग्न भएका छन् । उनीहरूमध्ये १८ जना सिलाइकटाइमा संलग्न छन् ।

उनीहरूले घरमा र घरबाहिर पसल थापेर सिलाइकटाइ गर्दै रोजगार बढाएका छन् । नौजनाले पोतेमालाको व्यवसाय सञ्चालन गरेका छन् ।

उनीहरूले चुरा, औंठीलगायतका सामग्री पनि बिक्री गर्छन् । चारजनाले खाजापसल खोलेका छन् र ठोरी क्षेत्रमा उनीहरूले यो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

पाँचजनाले बाख्रा, बङ्गुरपालन शुरू गरेका छन् भने सातजनाले सामूहिक तरकारीखेती गर्दैछन् र दुईजना भने ब्युटिपार्लर खोलेर रोजगार गरिरहेका छन् ।

४५ जनालाई उनीहरूको रुचि अनुसारको सीपमूलक तालीम ठोरी गापाले आयोजना गरेको थियो भने उनीहरूको रोजगारको लागि बाख्रापालन गर्नेलाई दुईवटा बाख्रा, बङ्गुरपालन गर्नेलाई एउटा बङ्गुर, सिलाइकटाइ गर्नेलाई एक थान सिलाइ मेशिन र अन्यलाई १० हजारबराबरको सहयोग संस्थाले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here