प्रस, निजगढ, ३१ भदौ/

निजगढ हाटबजारमा सामान किन्दै गरेकी एक महिला ग्राहकको घाँटीबाट एक तोलाको सुनको सिक्री चोर्दै गर्दा एकजना किशोर पक्राउ परेका छन् ।

जुन महिलाको सिक्री चोरी हुँदै थियो उनैले चोरलाई समातेर प्रहरीको जिम्मा लगाएकी हुन् ।

निजगढमा कस्मेटिक सामान खरीद गर्र्न लाग्दा ती किशोरले दुईपटक सिक्री चोरी गर्ने प्रयास गरेका थिए । सोही क्रममा महिलाले युवकलाई पक्राउ गरेकी थिइन् । निजगढ नगरपालिका–९ लच्काभमरा बस्ने ४२ वर्षीया दिलकुमारी मोक्तानले वीरगंज महानगरपालिका–३२ बस्ने १५ वर्षीय किशोर विकासराय यादवलाई रङ्गेहात पक्राउ गरी इलाका प्रहरी कार्यालय, निजगढको जिम्मा लगाएकी हुन् ।

निजगढमा चोरीका घटनामा वृद्धि भएको छ । तरकारी किन्ने क्रममा गीता माझीले सुनको सिक्री गुमाइन् । उनले प्रहरीमा चोरीको घटनाको उजूरी गरे पनि सिक्री पाएकी छैनन् ।

प्रहरीले पनि चाडपर्वको बेलामा सिक्री चोरी हुने घटना बढेको जनाएको छ । प्रहरीले महिलाहरूलाई भीडभाड हुने स्थानमा महँगा गरगहना लगाएर नजान सचेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here