नेत्रहीनले पनि हेर्न सकोस् भन्ने उद्देश्यले संसारभरिका वैज्ञानिकहरूले उपचार खोज गरिरहेका छन् । हालै मोनाश युनिभर्सिटीको टीमले दाबी गर्दै भनेको छ, उनीहरूले एउटा यस्तो सिस्टम बनाएका छन्, जसबाट अन्धो व्यक्तिले पनि हेर्न सक्छन्, यो संसारको पहिलो बायोनिक आँखा हो ।

बायोनिक आँखा, जसलाई जेनारिस बायोनिक भिजन सिस्टम भनिन्छ । लगभग एक दशकदेखि विकास प्रक्रियामा थियो । यसले क्षतिग्रस्त अप्टिक तन्त्रिकालाई पन्छ्याउँदै रेटिनासँग मस्तिष्कको दृष्टिकेन्द्रसम्म सङ्केत प्रसारित गर्न अनुमति दिन्छ । उपयोगकर्ताले एउटा कस्टम डिजाइन गरिएको हेडगियर लगाउनुृपर्छ, जसमा एउटा क्यामरा र वायरलेस ट्रान्समिटर जडान हुन्छ । मस्तिष्कमा नौ मिलिमिटर टायलको सेट प्रत्यारोपित गरिन्छ, जसले उपरोक्त रिसिभरबाट सङ्केत प्राप्त गर्छ ।

मोनाश विश्वविद्यालयका इलेक्ट्रिकल र कम्प्युटर सिस्टम इन्जिनीयर विभागका प्राध्यापक आर्थर लोरीले एउटा बयानमा भनेका छन्– हाम्रFे डिजाइन एउटा दृश्य पैटर्न बनाउनको लागि प्रकाशको १७२ स्थान (फोस्फिन)लाई जोड्छ, जुन व्यक्तिको घरको भित्र र बाहिर नेभिगेट गर्नको लागि जानकारी प्राप्त गर्छ । वातावरणलाई पहिचान गर्ने क्षमता राख्ने व्यक्ति र उनीहरूको वरिपरि मानिस र वस्तुको उपस्थितिलाई हेर्न सकिन्छ । यसको अतिरिक्त शोधकर्ता असाध्य न्युरोलोजिक स्थिति जस्तै अङ्ग पक्षघात, क्वाड्रिप्लेजिया आदिबाट पीडित व्यक्तिको मदत गर्नको लागि सिस्टमलाई अगाडि बढाउन विचार गरिरहेका छन् ।

सफल भएपछि एमभिजी (मोनाश भिजन गु्रप) टीमको एउटा नयाँ वाणिज्यिक उद्यमको निर्माणमा केन्द्रित हुनेछ, जुन उपचारयोग्य अन्धोपनबाट पीडित व्यक्तिलाई दृष्टि प्रदान गर्नेछ र क्वाड्रिप्लेजियाबाट पक्षघात व्यक्तिको हातलाई गति दिनेछ, जसबाट उनीहरूको स्वास्थ्य हेरचाहमा सुधार हुनेछ, परिवर्तन आउनेछ । यस प्रणालीको साथै दृष्टि गुमाएकाहरूले बायोनिक आँखाको माध्यमबाट वस्तुलाई हेर्न वा अनुभव गर्न सक्षम हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here