इङ्गल्यान्डको योर्कशायरमा अप्रिल र सेप्टेम्बर महीनामा एउटा कार्यक्रम आयोजना गरियो, जसको नाम हैरोगेट ओटम फ्लावर शो हो । यस वर्षको दोस्रो सिजनमा यसपटक नोर्थ योर्कशायरमा रिपननजीकै म्युबी हल एउटा गार्डेनमा भइरहेको थियो । १५ सेप्टेम्बरमा शुरू भएको यस शोको आइतवार १७ सेप्टेम्बर अन्तिम दिन हो । यसबीच धेरै वस्तु प्रदर्शनीमा राखिएका थिए तर सबैभन्दा विशेष भनेको एउटा प्याज थियो ।
हामीले प्याज सयदेखि तीन सय ग्राम जति ठूलो हेरेका छौं तर सो प्रदर्शनीमा आठ किलो ९७० ग्राम तौल भएको ठूलो प्याज प्रदर्शनीमा थियो । यो प्याज ग्लेर्नसेमा बस्ने गैरेथ ग्रिफिनले नेशनल इङ्गलिश ओनर सोसाइटी जोइन्ट भेजिटेबल प्रतियोगिताको लागि उब्जाएका थिए । यद्यपि यस शोमा काउली, काँक्रो, फर्सी, चुकन्दर र गाँजर जस्ता ठूलठूला तरकारी पनि प्रदर्शनीमा राखिएका थिए तर सबैभन्दा ठूलो प्याज थियो ।
यति ठूलो प्याज प्रदर्शनीमा राखिएपछि आयोजकले यस प्याजलाई वल्र्ड रेकर्डमा दर्ता गर्ने जनाएको छ । सामाजिक सञ्जालमा अहिले यस प्याजको फोटो भाइरस भएको छ ।