काठमाडौं, ५ भदौ/रासस
चार देश सम्मिलित महिला टी–२० आई सिरिज अन्तर्गत हड्ढङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हड्ढङलाई छ विकेटले पराजित गरेको हो । डेब्यू खेलमैं नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन् । उनले हड्ढङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेटसमेत लिइन् ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हड्ढङले नेपाललाई जीतका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् । यस्तै, पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिए । हड्ढङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो ।

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हड्ढङले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मात्र बनायो । हड्ढड्ढा लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हड्ढड्ढो खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

बलिङतर्पm नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता ‘प्लेयर अफ दी म्याच’ भइन् । यस्तै, इन्दु वर्माले दुर्ई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिए ।
महिला टी–२० आई सिरिज अन्तर्गत आजै भएको अर्काे खेलमा मलेशियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ ।

आयोजक मलेशियासहित नेपाल, हड्ढङ र कुवेतले महिला टी–२० आई सिरिज खेलिरहेका छन् । यही अगस्त ३१ तारिखदेखि मलेशियामैं हुने आइसिसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here