Homeगृहपृष्ठढिलो गरी वर्षा भएको कारण कोल्हवीका अधिकांश किसानले बकैया खोलामा बाँध बाँधेर...
ढिलो गरी वर्षा भएको कारण कोल्हवीका अधिकांश किसानले बकैया खोलामा बाँध बाँधेर सिंचाइ गरी धान रोपाइँ गरे । आसपासका वनजङ्गल अतिक्रमणसँगै अहिले पनि वन कर्मचारीहरूका आँखा छलेर हरियो रूख काटेर काठ चोरी तस्करी र वनजङ्गलका हरिया लाथ्रा पोथ्रा काटेर दाउराको जोहो गरिन्छ । घरगोठका लागि घोचा जोहो गर्ने दैनिक सयौंको सङ्ख्यामा स्थानीय तल्लीन छन् । वनजङ्गल पातलिएसँगै अनावृष्टि, अतिवृद्धि, पानीको स्रोतमा कमी हुँदैछ । शब्दचित्रः जीतलाल श्रेष्ठ