काठमाडौं, ४ असार/रासस

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए।

वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्र«े बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाउनुभन्दा आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्न जोड दिए।

उनका अनुसार हाल प्रतिमहीना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ। गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले रु २६ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढिरहेको बताए। राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षका रूपमा सञ्चालन गरिरहेको छ।

माछापुच्छ«े बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबार बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आर्थिक  कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए।

सो अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here