ट्रकका केही टायर किन झुन्ड्याइन्छ ?

गहुँगो सामान बोक्ने ट्रकमा आठ वा १६ वटा पाङ्ग्रा हुन्छन् । यस्ता ट्रकमा अतिरिक्त पाङ्ग्रा राखिएका हुन्छन्, जसले सडकलाई छुँदैन । यी पाङ्ग्रालाई लिफ्ट एक्सल वा ड्रप एक्सल भनिन्छ । गाडीको दुवैतर्फ पाङ्ग्रा हुन्छ, जुन एउटा मोटो रडजस्तो वस्तुसँग जोडिएको हुन्छ । जब यो रड घुम्छ, जब पाङ्ग्रा घुम्छ, यसैलाई एक्सल भनिन्छ ।

हावामा झुन्डिएको टायरलाई ड्रप एक्सल भनिन्छ, जब ट्रक चालकलाई ती टायरको आवश्यकता पर्छ, तब उनीहरूले बटन थिचेर त्यसलाई तल खसाउँछन् र बाँकी टायरसँगै त्यो पनि गुड्न थाल्छ । ड्रप एक्सललाई जुनसुकै बेला पनि सडकमा गुडाइराखिंदैन ।

ट्रकमा जति बढी एक्सल हुन्छ, त्यति नै बढी त्यसले वजन उठाउन सक्छ तर बढी एक्सल भएको कारण ट्रक गुड्ने गति र सजिलै हलचल गर्ने क्षमता कम हुन्छ । बढी पाङ्ग्रा भएपछि त्यसको मरम्मत खर्च पनि बढी हुन्छ । यस्तोमा ट्रकमा जब बढी वजन लादिएको हुन्छ, त्यति बेला ड्रप एक्सललाई तल गरिन्छ भने वजन कम भएपछि त्यसलाई पुनः झुन्ड्याएर राखिन्छ । जसले गर्दा टायर घस्रिंदैन र लामो समयसम्म चल्छ । ट्रकको टायर निकै महँगो हुन्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्