हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण इन्द्रिय दृष्टि हो र यसले हाम्रो दिमागको प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानिसको आँखामा थुप्रै कम्पोनेन्ट हुन्छन्, जसले एकैसाथ काम गरेर चित्र बनाउँछ र मस्तिष्कमा पठाउँछ । मस्तिष्कले यसलाई विश्लेषण गरेर बुझ्छ ।
दिमागले कुनै प्रकारको चित्रको जानकारी बुझ्न पूर्णरूपमा आँखाको स्वास्थ्यमाथि निर्भर गर्छ । यसै कारण जब हाम्रो आँखा बिग्रिन थाल्छ, तब हामीलाई न्युरोजिकल डिसअर्डर पनि हुन सक्छ र यसबाट दिमागमाथि असर पर्छ । हाम्रो आँखा अप्टिक नर्भको माध्यमबाट दिमागसँग सम्पर्क गर्छ । यो नर्भले आँखाको माध्यमबाट दिमागमा सिग्नल पठाउँछ, जसले गर्दा भिजुअल इन्फर्मेशन प्रोसेस हुन सकोस् ।
यदि अप्टिक नर्भ क्षतिग्रस्त हुन्छ भने यसबाट भिजुअल इन्फर्मेशन प्रFेसेस गर्न समस्या हुन्छ र दिमागको बुझ्ने क्षमतामाथि असर पर्छ । अप्टिक नर्भ क्षतिग्रस्त हुनुका थुप्रै कारण हुन सक्छन्, जस्तै ग्लुकोमा, स्ट्रोक वा ट्रामेटिक ब्रेन इन्जुरीका कारण दिमागलाई भिजुअल प्रोसेस गर्न समस्या हुन सक्छ ।
१) ब्रेन फक्शन कम हुन्छः आँखाको स्वास्थ्य खराब भएपछि मस्तिष्कको क्रिया कम हुन्छ किनभने भिजुअल इनपुट कम हुन्छ । यदि तपाईंको आँखा सही ढङ्गले काम गरिरहेको छैन भने दिमागले भिजुअल इन्फर्मेशनलाई सही ढङ्गले प्राप्त गर्न सक्दैन र अप्टिकल लेभलमाथि कार्य गर्न सक्दैन । यसै कारण कोग्निटिभ डिसफंक्शन, मेमोरी इन्पेयरमेन्ट आदि समस्या हुन्छन् ।
२) न्युरोडिजेनेरेटिभ रोगको खतराः अल्जाइमर र पार्किन्सनजस्तो न्युरोडिजेनेरेटिभ बिमारीलाई खराब आँखाको स्वास्थ्यसँग जोडिएको हुन्छ । शोध अनुसार मोतीबिन्दु, ग्लुकोमा र उमेरसँग सम्बन्धित आँखाको समस्याले न्युरोडिजेनेरेटिभ स्थिति विकसित हुने जोखिम बढ्न सक्छ ।
३) भिजुअल प्रोसेस गर्न समस्याः आँखाको खराब स्वास्थ्यको कारण दृश्य प्रसंस्करणमा समस्या हुन्छ, जसबाट मस्तिष्कलाई प्राप्त हुने दृश्य जानकारीको व्याख्या गर्न गार्हो हुन्छ । यो समस्याको समाधान, दृश्य–स्थानिक जागरूकता र समन्वयसहित मस्तिष्कका कैयौं पाटोलाई प्रभावित गर्न सक्छ ।
४) डिप्रेशनः एक अध्ययन अनुसार खराब दृष्टि भएको व्यक्तिलाई एएमडी, मोतीबिन्दु, ग्लुकोमाजस्तो आँखा समस्या छ भने डिमेन्शिया वा अल्जाइमर रोगका लक्षण देखिन्छन् । यसबाट अवसाद पनि हुन्छ र मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ ।
५) भेस्टिबुलर विकारः दृष्टि र सन्तुलनसम्बन्धी मुद्दा छ भने आँखाले सही ढङ्गले काम गर्दैन, जसले गर्दा शरीरको सन्तुलन प्रभावित हुन्छ । यसबाट भेस्टिबुलर विकार हुन्छ ।
६) माइग्रेनः दृष्टिवैषम्य र क्रोनिक ड्राइ आई सिन्ड्रोमजस्ता केही आँखाको स्थितिले माइग्रेनलाई ट्रिगर गर्न सक्छ । माइग्रेनले मस्तिष्कको कार्यलाई प्रभावित गर्छ । यसबाट व्यवहार बदलिने, दृश्य गडबडी, एकाग्रतामा कमी र संज्ञानात्मक समस्या जन्मन सक्छन् ।