राइनोसेरोस शक्तिशाली जीव हो र यसलाई रिस उठ्यो भने सबैथोक बर्बाद गर्न सक्छ । संसारमा गैंडाको पाँच प्रजाति पाइन्छ । कसैको एउटा सिङ्ग हुन्छ भने कसैको दुईवटा सिङ्ग हुन्छ । गैंडाको वजन औसत एक हजार किलोभन्दा बढी हुन्छ । एउटा स्वस्थ गैंडाको वजन ३५ सय किलोसम्म हुन सक्छ । जङ्गलमा बस्ने जनावरहरूमा हात्तीपछि गैंडा नै सबैभन्दा शक्तिशाली हुन्छ । यो छ फुट अग्लो र करीब ११ फिट लामो हुन्छ ।
गैंडाबारे भनिन्छ कि यसको छाला यति मोटो हुन्छ कि यसमा गोलीले पनि असर गर्दैन र यसैको छालाबाट बुलेटप्रूफ ज्याकेट बनाइन्छ । तर यो मिथक हो । गैंडाको छाला कैयौं लेयरमा हुन्छ र यो निकै मोटो र मजबुत हुन्छ । गैंडाको छाला दुई इन्चसम्म मोटो हुन्छ । यसलाई सानो बुलेटले भेद्न सक्दैन । जस्तै २.३४, २.७ र ३ एमएमको बुलेटले कुनै असर गर्दैन तर एके–४७ बाट निस्किने बुलेटले गैंडाको छाला भेद्न सक्छ । त्यसैकारण गैंडाको सिङ्गको लागि शिकार गर्नेहरूले एके–४७ राइफल प्रयोग गर्छन् । यसबाट निस्कने गोली ७ सय मिटर प्रतिसेकेन्ड हुन्छ । यति गतिबाट निस्केको गोलीबाट गैंडालाई उसको छालाले रक्षा गर्न सक्दैन । गैंडा आगोदेखि पनि डराउँदैन ।