गर्मीको मौसममा चर्को घाम, पसिना र धूलो–धूवाँको सामना गरेपछि एउटै विचार आउँछ– नुहाउनुपर्छ । गर्मीमा जब चीसो पानीको थोपा शरीरमा परेपछि तनमन नाँच्न थाल्छ । नुहाएपछि शरीरले ताजगी महसूस गर्छ भने शरीरको दुर्गन्ध, रैसेज, स्किन एलर्जी र छालासम्बन्धी अन्य समस्या ठीक हुन थाल्छन् ।

गर्मीमा ताजा सादा पानीले नुहाउनुपर्छ र दिनभरि ऊर्जावान रहन पानीमा केही मिसाउन पनि सकिन्छ । पानीमा नीमको पात वा नीमको तेल मिसाएर नुहाउँदा छालासम्बन्धी समस्या आदि हुँदैन । त्यस्तै, गुलाबको ताजा पात मिसाएर नुहाउँदा तन र मन दुवै आनन्दित हुन्छ भने शरीरबाट सुगन्ध आउनुको साथै पसिनाको दुर्गन्ध पनि मेटाउँछ ।

चमेलीको फूल नुहाउने पानीमा मिसाएर नुहाउँदा मानसिक शान्ति पाइन्छ भने तनावको स्तर पनि कम हुन्छ । त्यस्तै, गर्मीको मौसममा बेसार मिसाएको पानीले नुहाउँदा थुप्रै रोग लाग्दैन । बेसार–पानीमा एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी र एन्टिएजिङ गुण हुन्छ । यी सबै गुणले घमौरा, अनुहारमा आउने डन्डीफोर, दागधब्बा आदिबाट छुटकारा पाउनुका साथै छाला पनि निखारिन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here